नियम ७४
शैक्षिक योग्यता र तालिमको मूल्याङ्कन
कर्मचारीहरूलाई शैक्षिक योग्यताको अङ्क दिंदा
सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सोभन्दा
माथिको सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधि वापतको अङ्क दिइनेछ । शैक्षिक
योग्यता र तालिम बापत पन्ध्र अङ्कमा नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछ ः-
अङ्क शैक्षिक योग्यता (उपाधि) र तालिम प्रथम श्रेणी द्वितीय श्रेणी तृतीय श्रेणी
(क) सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यता वापत १० ९ ८
(ख) सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा समूह  सम्बन्धी डिप्लोमा वा सेवा समूह सम्बन्धी उपाधि वा
२ ४
१ ३
५ २
(ग) सेवा समूह सम्बन्धी सेवाकालीन
तालिम वापत (अधिकृत तहकोलागि) १ ७५ ५
(२) सेवा प्रवेशको निमित्त चाहिने शैक्षिक योग्यताभन्दा माथिल्लो उपाधि मात्र
पाएको कर्मचारीलाई उपनियम (१) को खण्ड (ख) मा उल्लेख भएको अङ्क दिइनेछ ।
उदाहरणार्थ न्यूनतम शैक्षिक योग्यता स्नातक वा सो सरह तोकिएको अवस्थामा
कुनै कर्मचारीले प्रविणता प्रमाणपत्र (इन्टरमिडियड) वा सो सरहको उपाधि पश्चात सोझै
स्नातकोत्तर वा सो सरहको उपाधि पाएको रहेछ भने निजलाई उपनियम (१) को खण्ड
(क) बमोजिम न्यूनतम शैक्षिक योग्यता वापतको अङ्क मात्र दिइनेछ र त्यस्तो अवस्थामा
सोही योग्यता बापत उपनियम (१) को खण्ड (ख) मा तोकिएको अङ्क दिइने छैन ।
(३) कर्मचारीलाई तालिमको अङ्क दिंदा एक महिना वा सोभन्दा बढी अवधिको
सेवासँग सम्बन्धित विषयको सेवाकालीन तालिम बापत अङ्क दिइनेछ । तालिमको अङ्क
गणना गर्दा जुन तहमा छ“दा तालिमको लागि मनोनयन भएको हो सो अङ्क सोही तहको
लागि मात्र गणना गरिनेछ ।
(३क) स्तरवृद्धि हुने कुनै तहमा रह“दा उपनियम (३) बमोजिमको तालिम लिएको
भए सो बापतको अङ्क बढुवा हुने तहमा गणना गरिनेछ ।
(४) श्रेणी नखुलेको शैक्षिक योग्यता वा तालिम बापत द्वितीय श्रेणीको अङ्क
दिइनेछ ।
(५) कर्मचारीले शैक्षिक योग्यता र सेवाकालीन तालिम बापतको प्रमाणित
प्रतिलिपि पेश गर्नु पर्नेछ, सो नगरेमा त्यस बापत अङ्क दिइने छैन ।
(६) सेवाको सातौं तह वा सोभन्दा माथिको तहको कुनै पदमा बढुवा हुनको
लागि चाहिने न्यूनतम शैक्षिक योग्यता अधिकृत सातौं र आठौं तहको पदमा सेवा
प्रवेशको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यता नै त्यस्तो पदमा बढुवाको लागि
न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
(७) …………